प्रत्यक्ष निर्वाचन अन्तर्गत उम्मेदवारहरुको अन्तिम सूची (सं.स.स निर्वाचन २०६४)





E-Voting



खोज गर्नुहोस्

Search








ताजा खबर
२००८-३-२८ — प्रेस विज्ञप्ति
हालैका दिनमा वढ्दै गएको हिंसात्मक घटना प्रति आयेग चिन्ता, चासो र दुःख व्यक्त
आयोगले आज सरकारमा पनि रहेका केही दलका प्रतिनिधीहरुलाई आयोगमा वोलाई निर्वाचन प्रचार प्रसारका क्रममा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रभाव पार्ने कुनै किसिमका अवरोध पुग्ने कार्य नगर्न, कुनै प्रकारको हिंसात्मक गतिविधी हुन नदिन र शीष्ट एवं संयमतापूर्वक प्रचार प्रसार गर्न गराउन निर्देशन दियो।
२००८-३-२६ — सूचना/आव्हान
अनुगमन टोली, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन
निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन बाट रोक लगाउन र भए गरेको पाइएमा प्रचलित कानून बमोजिम तत्कालै जरिवाना लगायतका आवश्यक कारवाही गर्न सवै अनुगमन टोली, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिइएकोछ
२००८-३-२३ — प्रेस विज्ञप्ति
आयोगले शान्ति सुरक्षाको अवस्था बारे जानकारी लियो
१ शान्ति सुरक्षाको अवस्था बारे नेपाल सरकारका गृह मन्त्री कृष्णप्रसाद सिटौलालाई आज आयोगमा बोलाई जानकारी लियो २ धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. ३ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्री गंगाप्रसाद साह सुडीको मिति २०६४/१२/७ गते मृत्यु भएकोले मनोनयन सम्बन्धी काम चैत्र १२ गते पुनः संचालन गर्ने गरी निर्वाचन कार्यक्रम
२००८-३-२२ — प्रेस विज्ञप्ति
संविधान सभा सदस्य निर्वाचनको परिणाम प्रकाशन भएपछि परिक्षाको नतिजा प्रकाशन गर्ने गरी इपिएस शाखाबाट नेपाली कामदार कोरिया पठाउन परिक्षा संचालन गर्ने स्वीकृति
श्रम तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत श्रम तथा रोजगार प्रवर्द्धन विभाग इपिएस शाखाबाट नेपाली कामदार कोरिया पठाउन परिक्षा सञ्चालन गर्ने सम्बन्धमा प्रकाशित सूचना प्रति आयोगको ध्यानकर्षण भइ खुलाइ पठाउन श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई लेखि पठाएकोमा सो मन्त्रालयबाट सन् २००७ को जुलाई २३ मा नेपाल तथा गणतन्त्र कोरिया वीच सम्पन्न द्धिपक्षीय समझदारी अनुसार नेपाली कामदार कोरिया पठाउने प्रक्रिया अगाडि बढिरहेकाले मिति २०६४।१२।१६ मा परिक्षा सञ्चालन गर्न लागिएको जानकारी प्राप्त भएकोमा आयोगबाट संविधान सभा सदस्य निर्वाचनको परिणाम प्रकाशन भएपछि उक्त परिक्षाको नतिजा प्रकाशन गर्ने गरी परिक्षा संचालन गर्ने स्वीकृति दिएको छ।
२००८-३-१९ — प्रेस विज्ञप्ति
कमल प्रसाद अधिकारीको हत्यामा आयोग स्तब्ध
कमल प्रसाद अधिकारीको हत्यामा आयोग स्तब्ध भएको छ। शोक सन्तप्‍त परिवारजन तथा संबद्ध दल प्रति गहिरो शोक व्यक्त गर्दछ।
बाँकि

संविधान सभा के हो ?
संविधानसभा भनेको जनइच्छा बमोजिमको नयाँ संविधान निर्माणका लागि जनताबाट निर्वाचित गरिएका जनप्रतिनिधिहरुको सभा हो । सवै तह, वर्ग र क्षेत्रका जनताको उचित र समानुपातिक प्रतिनिधित्व एवं सक्रिय सहभागितामा उनीहरुको चाहना अनुसारको नयाँ संविधान निर्माण गर्न नेपालमा संविधानसभाको आवश्यकता परेको हो । यसरी बन्ने संविधानमा जनताको स्वामित्व स्थापित हुन्छ । बाँकि...
                                                                                                                                                                                                                                                                         

निर्वाचन आयोग





बाँकि
लिंकहरु
मतदान प्रक्रियाहरु
निर्वाचन आयोग
प्राय सोधिएका प्रश्नहरु
आचार संहिता
निर्वाचन नतिजा
ऐन, नियम तथा नियमावलीहरु

सम्पर्क
निर्वाचन आयोग
कान्तिपथ, काठमाण्डौं, नेपाल
फोन: (९७७ १) ४२२८६६३
फ्याक्स: (९७७ १) ४२२९२२७
ईमेल: info@election.gov.np



गृह पृष्ठ  |  साइट सूची  |  सम्पर्क  |  प्रतिक्रिया  |  गोप्यता  |  Disclaimer
© २००८ — निर्वाचन आयोग — सर्वाधिकार सुरक्षित